अर्थ संसार, काठमाडौँ– विश्व समुदाय नविकरणीय उर्जाका प्रविधि अनुसन्धान र विकास गर्दै अत्यधिक प्रयोगमा ल्याउन भगिरथ प्रयास गरिरहेको विद्यमान अवस्थामा नेपालले सिक्नुपर्ने धेरै काम रहेको छ ।
नेपालको अनुभव अन्य मुलुकलाई उपयोगी हुने सन्दर्भमा यही चैत १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा वृहत अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।
हरेक घर ः उर्जा घर भन्ने नाराका साथ आयोजना गर्न लागिएको सो सम्मेलनमा २५ मुलुकका ३०० प्राज्ञ तथा विज्ञहरु सहभागी हुनेछन् । उत्तः सम्मेलनमा १२४ वटा विभिन्न कार्यपत्रहरु माथि छलफल गर्ने छ ।
यस अघिका चार पटक बङ्गलादेशमा सम्पन्न गरिएको अन्तर्राष्ट्रिय नविकरणीय उर्जा प्रविधि विकास सम्मेलन पाँचौँ पटक नेपालले आयोजना गरिरहेको हो ।
यस सम्मेलनमा प्रस्तुत हुने विभिन्न कार्यपत्रहरु र निष्कर्षहरुबाट नेपालको र अन्य मुलुकहरुका लागि अध्ययन–अनुसन्धान गर्न, नीति निर्धारण गर्न र व्यवहारमा उतार्न समेत सहयोग पुग्ने आशा गरिएको छ ।
नेपालको सन्दर्भमा जलविद्युत नै प्रमुख नविकरणीय उर्जाको स्रोत भएको र सौर्य उर्जा वायु उर्जा प्रविधिहरु उपयोग गरेर उर्जा सुरक्षाका लागि उर्जा सम्मिश्रणको अवधारणा अघि बढाउर्न पनि यस अन्तर्राष्ट्रिय भेलाबाट मद्दत पुग्नेछ ।
विद्यमान अवस्थामा खनिज इन्धनबाट हुने धुँवा–धूलोका साथै कार्बन उत्सर्जन जस्ता नकारात्मक असरहरु कम गर्नका लागि नविकरणीय उर्जाको उपयुक्त प्रविधि अवलंवन गर्नु आवश्यक छ ।
नेपाल जलस्रोतको धनी मुलुक हो र यस्ता सबै प्रविधिबाट अत्यधिक लाभ लिन सक्नुपर्ने अबको आवश्यकता हो ।
दिगो विकास लक्ष्यको सातौँ बुँदा, सबैका लागि दीगो उर्जा जस्ता विश्व स्तरका नविकरणीय उर्जा प्रविधिमा सबैको पहुँच हुनुपर्ने अभियानहरुका लक्ष्यहरु प्राप्तिका लागि पनि आवश्यक बहस, तयारीका लागि पनि गरिँदै आएका विभिन्न क्रियाकलापहरुलाई पनि यस अन्तर्राष्ट्रिय सम्म्ेलनबाट सघाउ पुग्ने विश्वास लिएको छ ।
यसका लागि विभिन्न मुलुकमा भएका गरिएका अध्ययन–अनुसन्धान र अनुभवको आदान प्रदान एउटा उपयुक्त माध्यम हुने छ भने नेपालमा सञ्चालन गरिएका विभिन्न वैकल्पिक उर्जाका प्रविधिहरुको उपलव्धि, स्तरोन्नति समेतलाई विश्लेषण गरी नविकरणीय उर्जा सबै जनतामा पु¥याउनका लागि यस अन्तर्राष्ट्रिय भेलाबाट सकारात्मक सन्देश सम्प्रेषण गर्न सकिने छ ।
यस अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपालका हरेक घरबाट उर्जा उत्पादन गर्न उत्प्रेरणा जगाउन हरेक घर ः उर्जा घर भन्ने अभियान आरम्भ गर्नका लागि आवश्यक पृष्ठभूमि तयार गरिनेछ ।
विसं २०७५ लाई नविकरणीय उर्जा वर्ष र वि.सं. २०७५ देखिको १० वर्ष नविकरणीय उर्जा दशकको रुपमा क्रियाशील गर्न सरकार र सरोकारवालाहरुमा उत्प्रेरणा जगाउन पनि आवश्यक वातावरण तयार गरिने आयोजकहरुले लक्ष्य लिएको छ ।
यसैगरी मुलुक संघीय संरचनामा क्रियाशील भैसकेको हालको परिवर्तित परिप्रेक्ष्यमा सहज कार्य सम्पादनका विषयमा पनि छलफल गरिने छ ।
ऊर्जा मन्त्री वर्षमान पुनले नविकरणीय उर्जाको आवश्यकता, महत्व, नीति र आगामी कार्यक्रमहरु बारे धारणा राख्नेछन् भने प्रा. डा. राम मनोहर श्रेष्ठ, प्रा. डा. एम. रिजवान खान जस्ता विज्ञहरुबाट मूल प्रवचन हुने भएकोले यस अन्तर्राष्ट्रिय भेलाबाट अपेक्षित लक्ष्य हासिल गर्न सकिने छ ।
जल स्रोत, उर्जा तथा सिँचाई मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, जल तथा शक्ति आयोग, नेपाल विद्युत प्राधिकरण, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल नविकरणीय उर्जा परिसंघ, जीआईजेड नेपाल, केएफडब्ल्यु,डीएफआईडी, पीईईडीए, स्वतन्त्र विद्युत उत्पादक संघ जस्ता संस्थाको सक्रिय सहभागिता रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस