सरकारले बिहीबारदेखि नेपालमा सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल नेपालमा सञ्चालन हुन नपाउने व्यवस्था गर्यो । जसले गर्दा अहिले धेरै जसो सामाजिक सञ्जाल बन्द भएका छन् भने केही बन्द हुने क्रममा हरेका छन् । फेसबुक युटुब लगायत सामाजिक सञ्जाल नेपालमा सूचीकृत भएका छैन् । सरकारको नीति अनुसार सूचीकृत नभएका यी सञ्जालहरु बन्द हुने छन् । यसले गर्दा सामाजिक सञ्जाललाई कमाइको माध्यम बनाएका व्यक्तिहरुका लागि भने निकै ठूलो समस्या हुने देखिएको छ । अहिले धेरै जनाले युटुबबाट राम्रो आम्दानी गरिरहेका छन् । अब युटुब बन्द हुँदा उनीहरुको आम्दानीमा पनि असर पर्ने यो क्षेत्रका जानकारहरुको भनाइ छ । साथै अर्को तर्फ गाउँलाई सहर तथा विदेशमा रहेका आफन्तसँगको सम्बन्धमा पनि ब्रेक लाग्ने अवस्था देखिएको छ ।
अर्को तर्फ सरकारले लिएको डिजिटल नेपाल अभियानमा पनि यसले असर गर्ने बताइएको छ । सरकारले अहिले सामाजिक सञ्जाल बन्द गर्नु बाध्यता भएको बताएका छ । तर यो क्षेत्रका जानकारहरुले भने यो प्रतिबन्धले सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा असर पर्ने बताएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघका पूर्व अध्यक्ष रन्जित कुमार पोद्दार समाजिक सञ्जाल माथि लगाएको प्रतिबन्धले नेपाल सरकारको डिजिटल नेपाल अभियानमै असर पुग्ने बताउँछन् । सामाजिक सञ्जालहरु बन्द हुँदा प्रविधिसँगको पहुँज गुम्ने र सिकेका कुरा पनि बिर्सिने सम्भावनाका कारणले अभियानमा असर पुग्ने उनको भनाइ छ । त्यस्तै उनले विदेशमा रहेकाहरुसँग पनि सामाजिक सञ्जालकै माध्यमबाट कुरा गर्नु पर्ने भएकाले उनीहरुसँगको सम्पक टुट्ने र यसले पनि अर्को समस्या सिर्जना गर्ने बताए ।
सरकारले आफू मातहतका कर्मचारीहरु चलाए जस्तो फेसबुक लगायत सामाजिक सञ्जाल सञ्चालन गर्न खोजेको कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष हर्क बहादुर सेठीले बताए । अहिले सामाजिक सञ्जालबाटै धेरैको रोजिरोटि चलेको अवस्थामा सरकारले त्यसलाई ध्यानै नदिएर बन्द गर्दा मानिसक तथा आर्थिक समस्याका आउने उनको भनाइ छ । ‘विदेशमा रहेका छोराछोरीसँग कुरा गर्ने मात्रै नभएर सामाजिक सञ्जालबाट राम्रो आम्दानी गरेकाहरुको विषयमा पनि सरकारले केही पनि नसोचेर निर्णय लियो,’ उनले भने ।
अनधिकृत भिपीएनको प्रयोगले ल्याउने जोखिम
पोद्दारले सामाजिक सञ्जामा नेपालीको लत बसिकसकेकाले फिसिङ गर्नेहरुले सित्तैमा भिपिएन प्रयोगका लागि आग्रह गरेर हरेक व्यक्तिको व्यक्तिगत डाटासम्म पहुँच पुर्याउँदा अर्को समस्या आउने बताए । अहिले पनि विभिन्न एप मार्फत फिसिङ हुने गरेको भन्दै यस्ता अनधिकृत भिपिएनले सर्वसाधारणलाई पनि असर पुग्ने उनको भनाइ छ ।
नेपालको कानुन मानेर नै नेपालमा व्यापार गर्नु पर्ने भए पनि एकै पटक सबै कुरा बन्द गर्दा सामाजिक र आर्थिक रुपमा ठूलो असर पर्ने उनी बताउँछन् । उनले अनधिकृत भिपिएनको प्रयोग नगर्न पनि सुझाब दिए । ‘अनाधिकृत भिपिएन प्रयोग गर्दा उसको बैंकसम्म पनि फिसिङ गर्नेहरु पुग्ने र त्यसबाट पैसा नै चोरी हुने जोखिम पनि हुन्छ,’ उनले भने, ‘यसबाट जोखिनका लागि निकै चनाखो हुनु पर्छ ।’
त्यस्तै एकै पटक प्रतिबन्ध लगाउँदा मानिसहरुले अनावश्यक भिपिएनको प्रयाग गरेर फेसबुक लगायत चिज चलाउन खोज्ने र त्यसले थप जोखिम बढ्न सक्ने कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष हर्क बहादुर सेठीको भनाइ छ । ‘विदेशमा रहेका छोरा छोरीसँग कुरा गर्नका लागि पनि फेसबुक म्यासेन्जर अतिआवश्यक भइरकेको छ । यो अवस्थामा सरकारले बन्द गर्दा कुरा हुन नपाउने र जेलमा बसेजस्तो अवस्था हुन्छ,’ उनले भने । कानुनको अधिमा ल्याउनु आवश्यक भए पनि एकै पटक बन्द गर्दा यसले नकारात्मक असर पर्ने तर्फ राज्यले ध्यान दिनु पर्ने उनी बताउँछन् ।
समाजिक सञ्जाबाट प्राप्त हुने आम्दानी पनि गुम्ने
सामाजिक सञ्जाल फेसबुक केही दिन अघि मात्रै नेपालमा मनिटाइज भएको थियो । यो भनेको फेसबुक पेजमा आफूले राखेका सामग्रीमा आएका भ्युजको आधारमा पैसा पाउनका लागि विदेशमा भएको व्यक्तिको भर नपर्नु हो । अर्को तर्फ युटुबबाट त नेपालमा धेरैले राम्रो आम्दानी गरिरहेका छन् । धेरैको यो रोजिरोटिको पनि क्षेत्र बन्दै गइरहेको अवस्था छ ।
यदि सामाजिक सञ्जाल, फेसबुक, युटुब लगायतका माध्यम बन्द भएको अवस्थामा यो क्षेत्रबाट कमाइ गरिरहेकाहरुका लागि पनि असर गर्ने छ । जब मानिसको आम्दानीको स्रोत नै बन्द हुने अवस्था हुन्छ त्यस पछि उसको मानसिक अवस्थामा नै असर पुग्छ । यस तर्फ पनि राज्यले ध्यान दिनु पर्ने आवश्यकता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस