Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, ०८ : २० मा प्रकाशित

झापा इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन प्रक्रिया सुरु गरेको छ। भदौ २० गतेदेखि आवेदन दिन सकिने गरी कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्तालाई सेयर खुला गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएका सेयर बाँडफाँट भइसकेको छ।

पहिलो चरणको बाँडफाँट सम्पन्न

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र विदेशमा कार्यरत नेपालीका लागि ५७ हजार २९ कित्ता सेयर निष्काशन गरेको थियो। दुवै समूहलाई छुट्याइएका सेयरको बाँडफाँट सम्पन्न भइसकेपछि अहिले सर्वसाधारणको पालो आएको हो।

सर्वसाधारणका लागि उपलब्ध सेयर

दोस्रो चरणमा सामूहिक लगानी कोषलाई २८ हजार ५१४ कित्ता र कर्मचारीलाई ११ हजार ४०६ कित्ता छुट्याइएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन्। यी सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा जारी गरिएका हुन्, जसको कुल मूल्य ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ हुन्छ।

आवेदन दिने सीमा र म्याद

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन भदौ २४ गतेसम्ममा बन्द हुन सक्नेछ भने आवश्यक आवेदन संख्या नपुगेमा असोज ३ गतेसम्म खुला रहनेछ।

रेटिङ 

इक्रा नेपालले झापा इनर्जीलाई ‘इक्रा एनपी इश्युअर रेटिङ सिंगल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीले आफ्ना दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

आयोजना विवरण र लागत

झापा इनर्जीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको ग्रीडसँग जोडिएको सौर्य विद्युत आयोजनाको अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ। यसका अनुसार प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै २२ वर्ष बाँकी छ। लगानी फिर्ता हुने अवधि इक्विटीतर्फ ९.५५ वर्ष र आयोजना स्तरमा ८.०६ वर्ष रहने अनुमान छ। त्यस्तै, डिस्काउण्ट गरिएको आधारमा इक्विटी १३.४६ वर्ष र आयोजना १५.६६ वर्षमा लगानी फिर्ता हुने देखिन्छ।

सेयर बिक्री प्रबन्धक

कम्पनीको सेयर निष्काशन तथा बिक्री व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको