Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वसचिव सहित १४ जनाको आवेदन

अर्थ संसार

शनिबार, २१ भदौ २०८२, ०९ : ४१ मा प्रकाशित

बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वसचिव सहित १४ जनाको आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ । सरकारले गठन गरेको अध्यक्ष छनोट सिफासिर समितिका अनुसार अन्तिमदिनसम्म १३ जनाले आवेदन दिएका हुन् ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव देखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसम्म छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले समेत प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् ।

त्यस्तै अन्य आवेदनकमा बिक्रान्त पाण्डे तत्कालिन युनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ) रमेश भट्टराई, कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक बिष्णु बाबु मिश्र समेत रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको