नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । बराह क्षेत्र नगरपालिका– ७ सुनसरीका पौडेललाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
यस अघि पुनर्बीमा कम्पनीको अध्यक्षमा देवराज ढुंगाना रहेका थिए । उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशकको जिम्मेवारीमा पनि थिए । जसले गर्दा यसको विरोध भइरहेको थियो ।
पौडेलले यसअघि आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस