Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ हाईड्रोपावरको साधारणसभाको मिति घोषणा, के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १० : ४१ मा प्रकाशित

मोलुङ हाईड्रोपावरको साधारणसभाको मिति घोषणा, के छन् एजेण्डा ?

मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले १६ औं वार्षिक साधारणसभा असोज १० गतेका लागि साधारणसभाको मिति तोकेको हो । 

कम्पनीले भदौ १९ गते बसेको सञ्चालक समितिको बैठक अजोर १० गते काठमाडौंको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा साभारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र प्रबन्ध सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित हुनेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन पाउनेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको