Like us!
Follow us!
Connect us!
Watch us!

महानगर प्रहरीले बाइकमा ह्वील लक लगाएपछि राहदानी विभाग अगाडि युवकले लगाए शरीरमा आगो

अर्थ संसार

विहीबार, २५ असार २०८३, १५ : ५२ मा प्रकाशित

महानगर प्रहरीले बाइकमा ह्वील लक लगाएपछि राहदानी विभाग अगाडि युवकले लगाए शरीरमा आगो

राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् व्यक्तिको पहिचान खुलेको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो ।

त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । उपचाररत उनको शरीर ६५ प्रतिशत जलेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको