Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो त्रिशुली गल्छी, सिद्धकाली पावर र चिनियाँ कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर हुँदै, १० अर्ब लगानी गर्ने

बुधबार, १४ चैत्र २०७४, १६ : १८ मा प्रकाशित

अघि बढ्यो त्रिशुली गल्छी, सिद्धकाली पावर र चिनियाँ कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर हुँदै, १० अर्ब लगानी गर्ने

अर्थ संसार, काठमाडौं–  सिद्धकाली पावर लिमिटेड र चीनको दोङफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनबीच द्विपक्षीय लगानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

सिद्धकाली पावर लिमिटेडले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजना इन्जिनियरिङ, परक्रयुरमेन्ट  कन्स्ट्रक्सन र फाइनान्सिङ(इपिसिएफ) मोडलमा निर्माण गर्न लागिएको हो ।

रु १० अर्ब २९ करोड बराबरको रकम सो आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सहमति भएको छ ।
प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले बत्ती बलेको एक वर्ष पछि सो रकम फिर्ता गर्ने सहमति भएको छ ।

लक्ष्मी बैंकको नेतृत्वमा विविभन्न बैंकले सहवित्तियकरणमा आयोजनामा ऋण लगानी गर्ने सहमति समेत यसअघि नै भएको थियो ।

आयोजना ४२ महिनामा निर्माण सम्पन्न हुने छ । कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।
नुवाकोटको ढोडबेसी बाँध निर्माण गरेर  धादिङको मासटारमा विद्युत् गृह निर्माण गरिनेछ । आयोजनाको कूल लागत रु १४ अर्ब ५० करोड रहेको छ । त्यसमा चिनियाँ कम्पनीले रु १० अर्ब २९ करोड लगानी गर्नेछ ।

द्विपक्षीय लगानी सम्बन्धी सम्बन्धी सम्झौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र चिनियाँ कम्पनीका तर्फबाट डेपुटी जनरल म्यानेजर डिभिजन एक छाऊ हुई यूले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।हस्ताक्षर कार्यक्रम केही बेरपछि होटल अन्नपूर्णमा आयोजना गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको