Like us!
Follow us!
Connect us!
Watch us!

नविकरणीय ऊर्जा, सम्भव होला त आर्थिक समृद्धिको नारा ?

शुक्रबार, १६ चैत्र २०७४, ११ : १७ मा प्रकाशित

नविकरणीय ऊर्जा, सम्भव होला त आर्थिक समृद्धिको नारा ?

अर्थ संसार, काठमाडौँ – ‘नविकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी’ पाँचौं  अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा  शुरु भएको छ ।  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त सम्मेलनको उद्घाटन गर्नुभयो ।

ऊर्जा तथा विद्युत उत्पादनलाई प्राथमिकतामा राख्दै २०७५ देखि २०८५ सम्मलाई ‘नविकरणीय ऊर्जा दशक’ घोषणा गर्न भरमग्दुर प्रयास गर्ने बताउनुभयो ।

जलविद्युत् तथा अन्य वैकल्पिक स्रोतबाट विद्युत् उत्पादन गर्दै खपत बढाउन र आर्थिक समृद्धिको आधार तयार पार्न सरकारले विशेष योजना ल्याउने बताउँदै उहाँले नविकरणीय ऊर्जा दशक घोषणा गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेर पारित गरिने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङले उक्त सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा विभिन्न २५ मुलुकका ३०० प्राज्ञ तथा विज्ञ सहभागी छन् भने ऊर्जा क्षेत्रसँग सम्बन्धित १२४ कार्यपत्रमाथि छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

नेपालको सन्दर्भमा जलविद्युत् नै प्रमुख नविकरणीय ऊर्जाको स्रोत भएको तथा सौर्य र वायु ऊर्जाका प्रविधिको उपयोग गरेर ऊर्जा सुरक्षाका लागि ऊर्जा सम्मिश्रणको अवधारणा अघि बढाउन पनि यस सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले सम्मेलनले प्रस्ताव गरेका विवरणलाई नीति निर्माण तहमा समेट्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले ऊर्जा तथा जलविद्युत् विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाउन सरकार लागि पर्ने स्पष्ट पार्नुभयो ।

नेपालका हरेक घरबाट ऊर्जा उत्पादन गर्न उत्प्रेरणा जगाउन ‘हरेक घर ः ऊर्जा घर’ भन्ने अभियान शुरु गर्न सबैको पहल आवश्यक भएको सो अवसरमा जानकारी दिइएको थियो ।

आयोजक काठमाडौँ विश्व विद्यालय स्कूल अफ इन्जिनियरिङका  प्राध्यापक  रमेशकुमार मास्केले पछिल्ला दिनमा नविकरणीय ऊर्जा उपयोगमा जोड दिएकाले यसलाई थप बढावा दिन सम्मेलनले मद्दत पुग्ने बताउनुभयो ।

सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल नविकरणीय ऊर्जा परिसंघलगायतको सहभागिता छ । सम्मेलन यही चैत १७ गतेसम्म चल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको