नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस बलियो नभए देश नै दुर्घटनामा जाने बताए।
उनले भने, ‘प्रदेश भेला गरिसक्यौैं। आज केन्दीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन।’
उनले गगन थापाकै नेतृत्वमा चुनावमा गएकाले पार्टी खरानी भएको दाबी गर्दै थापाले काठमाडौं-४ बाट चुनाव लडेको भए जमानत नै जफत हुने जिकिर गरे। साथै, गगन नेतृत्वको कांग्रेस भदौ २ गतेदेखि महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बीपी कोइरालाले बनाएको पुरानै कांग्रेस पुनर्गठनतर्फ लाग्नुपर्नेमा जोड दिए।
अब पार्टीभित्र सहमतिको सम्भावना नरहेको दाबी गर्दै उनले नेतृत्वलाई नयाँ पार्टी गठन गर्न खुट्टा नकमाउन आग्रहसमेत गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस