साताकाको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबार भने ७.२५अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२६.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १०३ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.१८ अंकले घटेर ४७२.४२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ ।
परिसूचक एकल अंकले बढेको दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ७५ हजार १० पटक खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस