नेपाल सेयरधनी संघका निर्वतमा अध्यक्ष नानीबाबु खरेले सटसेलिङ आम लगानीकर्ताको हितमा नरहेको बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा कुरा गर्दै उनले सटसेलिङ ब्रोकरहरुका लागि नभएको बताएका हुन् ।
उनले सट सेलिङबाट केही सिमित लगानीकर्ताले मात्रै फाइदा लिन सक्ने भन्दै यसले ब्रोकरलाई बढी फाइदा पुग्ने दाबी गरे । ‘सट सेलिङबाट ०.००२५ प्रतिशत मात्रै लगानीकर्तालाई फाइदा पुग्ला । यसबाट ब्रोकरहरुलाई मात्रै फाइदा हुन्छ,’ उनले भने । नेपाल धितोपत्र बोर्ड लगानीकर्ताको हकहित भन्दा पनि ब्रोकरहरुको पक्षमा देखिएको पनि उनले भनेका छन् ।
पुँजी बजार कमजोर हुनुको कारण अर्थमन्त्री स्वर्णिम वाग्लेको घमण्ड रहेको उनको बताए । लगानीकर्तालाई विश्वास गर्ने कुरा गर्दा भन्दा अर्थमन्त्रीले नकारात्मक कुरा मात्रै गरेको उनको आरोप छ । अहिले प्रधानमन्त्रीले सेयर बजारका विषय सकारात्मक कुरा गरेकाले केही दिन देखि बजार बढेको उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस