Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको बोनस पाउन पहिला कर दिर्नुपर्ने

आइतबार, १८ चैत्र २०७४, १४ : ०३ मा प्रकाशित

जनता  बैंकको बोनस पाउन पहिला कर दिर्नुपर्ने

अर्थ संसार, काठमाडौं–  जनता बैंकको १४.४० प्रतिशत बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने बैंकले जानकारी गराएको छ ।

गत असार ३० गतेपछि सेयरधनी बनेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने भएको हो । सेयरधनीले जनता बैंकको खाता नम्बर २३६००००१९ वा ज्योति विकास बैंकमा रहेको काठमाडौं क्यापिटल मार्केटको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गर्नुपर्नेछ ।

कर बापत लाग्ने रकम बुझाएपछि भौचर काठमाडौं क्यापिटल कमलादीमा बुझाउनुपर्नेछ । अनि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । यता, बोनस सेयरमा कर तिर्नु नपर्ने सेयरधनीलाई भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा बोनस सेयर सचीकृत गराएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ । जनताको पुस २८ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।
बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ ।

बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट बोनस शेयर वितरणगरे पश्चात चुक्तापुँजी  ८ अर्ब ७ लाख पुगेको छ ।  यससँगै राष्ट्र बैंकले तोकेको पुँजीसिमा पुरा भइसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको