Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे माइक्रोफाईनान्स डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

सोमबार, १९ चैत्र २०७४, ०८ : ३३ मा प्रकाशित

मिर्मिरे माइक्रोफाईनान्स डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६६ पुस २ गते दर्ता भई २०६७ असोज ७ गते नेपाल राष्ट्र  बैंकको अनुमति पाएसँगै कारोबार सञ्चालन गरेको मिर्मिरे माइक्रोफाइनान्सले सार्वजनिक गरेको चालू आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १ करोड ४७ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ७५ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ५० प्रतिशतले बढेर रू. ४ करोड ५० लाख पुगेको छ । कम्पनीले रिजर्भ कोषमा रू. २ करोड ९७ लाख छुट्याएको छ । पुस मसान्तसम्ममा कम्पनीले रू. ३१ लाख ५९ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

साथै कम्पनीले पूँजी वृद्धिका लागि १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा फागुन ३० गते निवेदन दिएको छ । कम्पनीले ४ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वर्गिकरणः लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू. २४३७
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३४१७
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३९९
१८० दिनको भारित औसत मूल्यः रू. २८१२.९१

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः टेक बहादुर बोहरा
प्रमुख कार्यकारी अधिकृतः लक्ष्मीश्वर देवकोटा
प्रधान कार्यालयः बनेपा, काभ्रेपलान्चोक
शाखाः ४४
वेबसाइटः www.mirmirebank.com.np
स्टक टिकरः एमएमएफडिबी

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २८ दशमलव ०१ प्रतिशतबाट बढेर ३२ दशमलव ८१ प्रतिशत पुगेको छ । कम्पनीको लगानी रू. १० लाख रहेको छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू. २९ करोड १३ लाख निक्षेप सङ्कलन गरेको छ भने रू. १ अर्ब ११ करोड ५३ लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ३ करोड ९१ लाख ८६ हजार, कर्मचारी खर्च रू. २ करोड ३१ लाख, अन्य सञ्चालन खर्च रू. ८८ लाख ९४ हजार र सञ्चालन नाफा रू. २ करोडभन्दा बढी रहेको छ ।

  • स्थिर सम्पत्ति २७ प्रतिशतले बढेर रू. १ करोड ८५ लाख ३२ हजार पुगेको छ भने अन्य सम्पत्ति ३१ प्रतिशतले घटेर रू. १ करोड ६८ लाख ३५ हजारमा सिमित भएको छ ।

  • कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ८३ लाख ७३ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव १८ प्रतिशत रहेको छ ।

  • पूँजीकोष लागत ११ दशमलव २२ प्रतिशत र पूँजीकोष पर्याप्तता ९ दशमलव ०१ प्रतिशत रहेको छ ।

  • कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात ३२ प्रतिशत, प्रतिशेयर आम्दानी (बार्षिक) ९८ दशमलव ४ प्रतिशत, मूल्य आम्दानी अनुपात २९ दशमलव ०५, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ हजार ७ सय ६९ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६६ दशमलव ०६ रहेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको साढे १४ गुणा छ ।

प्राविधिक विश्लेषण

बिहीवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण 
२४ डिसेम्बर २०१७                                                                                                                                             २२ मार्च २०१८

स्ट्याण्डर्ड डेभिएशन
२४ डिसेम्बर २०१७                                                                                                                                                  २२ मार्च २०१८

आरएसआई 
२४ डिसेम्बर २०१७                                                                                                                                                २२ मार्च २०१८

मुभिङ् एभरेज 
२४ डिसेम्बर २०१७                                                                                                                                             २२ मार्च २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५२ दिनको कारोबारलाई हेर्दा अन्तिम दिन लङ्लेग्ड डोजी आकृती बनेको छ । यस आकृतीले कम्पनीको शेयर मूल्य घट्ने बढ्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । यस्तो अवस्थामा लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्नुपर्ने हुन्छ ।

  • आरएसआईः कम्पनीको ५२ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन ( ३४ दशमलव ७९ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ६९ दशमलव ५८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. २ हजार ४ सय ३७ देखि मूल्य महँगिएमा रू. २ हजार ६ सय ९ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको