Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् कम्पनीप्रति सेबोनको ध्यानाकर्षण

मंगलबार, २० चैत्र २०७४, ०८ : २३ मा प्रकाशित

जलविद्युत् कम्पनीप्रति सेबोनको ध्यानाकर्षण

अर्थ संसार, काठमाडौं – दर्ता नगराई धितोपत्रमा सेयर निष्कासनसम्बन्धी सूचना सार्वजनिक गर्ने जलविद्युत् कम्पनीप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसो गर्नु गैरकानूनी भएको भन्दै सेबोनले यसो नगर्न जलविद्युत् कम्पनीहरूलाई र यस्ता सूचनाका आधारमा सेयरमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ ले सङ्गठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर, कतिपय जलविद्युत् कम्पनीले बोर्डमा दर्ता नगरी सेयरमा लगानी गर्न सार्वजनिक रूपमा सूचना प्रकाशित गरेको पाइएको सेबोनद्वारा जारी सूचनामा उल्लेख छ ।

‘धितोपत्रसम्बन्धी प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारणसमक्ष धितोपत्र विक्री गर्ने कार्य गैरकानूनी भएकाले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्कासन गर्न सम्बन्धित सम्पूर्ण सङ्गठित संस्थालाई सूचित गरिन्छ,’ जारी सूचनामा भनिएको छ, ‘यसरी गैरकानूनी ढङ्गबाट सार्वजनिक निष्कासन गरिएका धितोपत्रमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखीममा पर्नसक्ने भएकाले यस्ता धितोपत्रमा लगानी नगर्न/नगराउनको लागि लगानीकर्तालाई सर्तक गराइन्छ ।’

बोर्डले विगतमा यस्ता गैरकानूनी ढङ्गबाट सार्वजनिक रूपमा धितोपत्र निष्कासन गर्न लागेका सङ्गठित संस्थाहरूलाई धितोपत्र निष्कासन गर्न रोक लगाएको र लगानीकर्तालाई सर्तक गराइएको जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको