Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कार्यालय शक्तिशाली बन्दै, थपिए नयाँ महाशाखा

मंगलबार, २० चैत्र २०७४, १० : ४१ मा प्रकाशित

प्रधानमन्त्री कार्यालय शक्तिशाली बन्दै, थपिए नयाँ महाशाखा

अर्थ संसार, काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीव दर्जन महाशाखा हुने भएको छ ।

 यसअघि छ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताउनुभयो । उहाँका अनुसार सबै मन्त्रालयको सांगठनिक पुनःसंरचना गरिएसँगै मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना गरिएको र सबै महाशाखाको नेतृत्व सहसचिवले गर्ने भएका छन् ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको २१ मन्त्रालयको सांगठनिक पुनःसंरचना स्वीकृत गरेको थियो ।

नयाँ महाशाखामा मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, सामाजिक विकास तथा रुपान्तरण, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक, पारदर्शी समन्वय तथा योजना, नतिजा व्यवस्थापन तथा सुशासन, सामाजिक सुधार, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा छन् ।

यसैगरी कानून तथा फैसला कार्यान्वयन, मानवाधिकर तथा अन्तर्राष्ट्रिय सम्बन्धन र आर्थिक तथा पूर्वाधार महाशाखालगायत छन् । नयाँ महाशाखाबाट छिट्टै काम सञ्चालन हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको