अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच आज बैकासुरेन्स सम्झौता भएको छ ।
बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको हो ।
सम्झौतामा यस बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
हालसम्म बैंकले करिब १ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस