Like us!
Follow us!
Connect us!
Watch us!

ज्योतिको “ज्योति बम्पर सेभिङ्ग एकाउन्ट” सुरु

बुधबार, २१ चैत्र २०७४, १६ : २९ मा प्रकाशित

ज्योतिको “ज्योति बम्पर सेभिङ्ग एकाउन्ट” सुरु

अर्थ संसार, काठमाडौं– यस ज्योति विकास बैंक लिमिटेडले अल्याधुनिक बैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योति बम्पर सेभिङ्ग एकाउन्ट” संचालनमा ल्याएको छ ।

वार्षिक ८.७५% ब्याजदर दिने यस बचत खातामा बचतकर्ताहरुको बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, भिषा डेभिट कार्ट, मोबाइल बैकिङ्ग, एबिबिएस, सि–आस्वा, इन्टरनेट बैकिङ्ग जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा पनि बिषेश छुट दिइएको छ ।

यस बैंक ग्राहक महानुभावहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ ।  बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि कर्पाेरेट इमे बजारमा स्थापित गर्न सफल भएकोे छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको  १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

हालसम्म बैंकले करिब १ लाख ४० हजार भन्दा बढि खाताबाट १४ अर्व १६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १३ अर्व ३७ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुगको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको