अर्थ संसार, काठमाडौँ– राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।
अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताउनुभयो ।
प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई रु तीन लाख उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । विसं २०७२ मा गएको भूकम्पबाट सात हजार ५५३ विद्यालयमा क्षति पुगेकामा तीन हजार विद्यालय बनिसकेको र एक हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ ।
त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस