अर्थ संसार, काठमाडौं–देवः विकास बैंकले १० बराबर ४ को अनुपातमा सोमवारदेखि हकप्रद सेयर खुल्ला भएको छ ।
बैकले प्रतिसेयर १ सय अंकित दरको ६५ लाख ३३ हजार १ सय ८ .५९ कित्ता हकप्रद सेयर बैशाख ३० गतेसम्मका लागि जारी गरेको हो ।
बैंकलेले हकप्रद प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गरेकाले फागुन १६ गतेसम्म सेयर स्वामित्व हुने सदस्यहरुले यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
यहाँबाट आवेदन दिनुहोस्
हकप्रद खरीदका लागि विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ ।
हाल १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार चुक्तापूँजी रहेको बैंकको हकप्रदपश्चात २ अर्ब २८ करोड ६५ लाख ८८ हजार पुग्नेछ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस