Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाकोे नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा

मंगलबार, २७ चैत्र २०७४, १५ : ४८ मा प्रकाशित

एनआईसी एशियाकोे नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा

  • शिव आचार्य 

  • राजन खरेल

अर्थ संसार, गैडाकोटा,–एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोट स्थित काग्रेसँ चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ  ।

आज एक समारोहका बीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानिय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुगां भएको बताए ।

अब एआईसि बैकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानिय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

बैंकको १७४ औ शाखाको रुपमा काग्रेसँचोकमा एटिएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक संचालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए ।

‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउँ गाउँमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउँ गाउँमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु गाउँ गाउँमा पुगेको बताए ।

सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैङ्किङ्ग क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए ।

कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कडेँल, वडा न ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैकका क्षेत्रिय प्रबन्धक तिलक कार्की लगायतले बोलेका थिए ।

बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।

 

5acc8eaa9afe7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको