Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको शाखा कालिकोटको स्यूना र पोखराको उत्तम चोकमा

विहीबार, २९ चैत्र २०७४, १८ : ५० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको शाखा कालिकोटको स्यूना र पोखराको उत्तम चोकमा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले बुधबार दुई सथानमा शाखा खोली कारोबार  संचालन गरेको छ ।

बैंकले  कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं. ५, स्यूना र  कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं.  १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

थप २ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२२ पुगेको छ ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२२ वटा शाखा, १२८  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको