Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकमा लगानी गर्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

शुक्रबार, ३० चैत्र २०७४, ०९ : ४६ मा प्रकाशित

प्रभु बैंकमा लगानी गर्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं– बैंकले सार्वजनिक गरेको चालू आव २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार रू. ६३ करोड ४९ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ४२ प्रतिशतले कमी हो ।

बैंकले अघिल्लो आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ११ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । पुस मसान्तसम्ममा बैंकको पूँजी ११ प्रतिशतले बढेर रू. ६ अर्ब ५३ करोड ३४ लाख पुगेको छ । बैङ्कले रिजर्भ कोषमा रू. ३ अर्ब १० करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलनामा १ सय २० प्रतिशतले बढी हो ।

वैदेशिक मुद्रा विनिमयबाट रू. १ अर्ब ४५ करोड आम्दानी गरेको छ । साथै बैंकले पूँजी वृद्धिका लागि १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गरिसकेको छ । यो हकप्रद सेयर  निष्कासनपछि बैंकको पूँजी रू. ८ अर्ब पुग्नेछ । बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २४ करोड ५० लाख छुट्याएको छ ।

वर्गिकरणः वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. २२०
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ४९७
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १९६
१८० दिनको औसत व्यापार मूल्यः रू. २७५.३६

कम्पनीको महत्वपूर्ण अनुपात 

सञ्चालक समिति 
अध्यक्षः देबी प्रकाश भट्टचन

व्यवस्थापन समिति 
प्रमुख कार्यकारी अधिकृतः असोक शेरचन
प्रधान कार्यालयः बबरमहल, काठमाडौं
वेबसाइटः www.prabhubank.com
शाखाः १३९
स्टक सङ्केतः पीआरभियु

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

आधारभूत विश्लेषण
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १८ दशमलव ९१ प्रतिशतबाट घटेर ९ दशमलव ७२ प्रतिशतमा सिमित भएको छ । बैंकको लगानी रू. ९ अर्ब ४७ करोड रहेको छ ।

  • बैंकले पुस मसान्तसम्ममा रू. ८६ अर्ब १२ करोड निक्षेप सङ्कलन गरी रू. ७१ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खुद ब्याज आम्दानी रू. १ अर्ब २० करोड, कर्मचारी खर्च रू. ४७ करोड ७० लाख, अन्य सञ्चालन खर्च रू. ३५ करोड ५१ लाख र सञ्चालन नाफा रू. ५९ करोड ५५ लाख रहेको छ ।

  • स्थिर सम्पत्ती न्यून प्रतिशतले बढेर रू. २ अर्ब १३ करोड ५ लाख र अन्य सम्पत्ती ७९ प्रतिशतले बढेर रू. ५ अर्ब ५५ करोड ३४ लाख पुगेको छ । बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २४ करोड ५० लाख छुट्याएको छ भने निष्क्रिय कर्जा ४ दशमलव १२ प्रतिशत रहेको छ ।

  • पूँजी कोष पर्याप्तता ११ दशमलव २४ प्रतिशत, सिडी रेशियो ७५ दशमलव २४ प्रतिशत र आधार ब्याजदर ९ दशमलव ७१ प्रतिशत रहेको छ ।

  • बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी रू. २१ दशमलव ५९ मूल्य आम्दानी अनुपात ११ दशमलव ५८, तरलता अनुपात २२ दशमलव ५३ प्रतिशत र प्रतिसेयर नेटवर्थ रू. १ सय ६३ दशमलव ९२ रहेको छ । बिहीवारको मूल्य प्रतिशेयर नेटवर्थको साढे १ छ ।

प्राविधिक विश्लेषण

  • खरीद चापः बैंकको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी छ । सो अवधिसम्म १४ हजार ४ सय ५१ कित्ता सेयर खरीद र ९ हजार ९ सय ३० कित्ता विक्री गर्ने माग थियो ।

  • बिहीवार भएको शेयर कारोबार विवरणः 

मैनबत्ती विश्लेषण

१४ जनवरी २०१८                                                                                                                                           १२ अप्रिल २०१८

स्ट्याण्डर्ड डेभिएशन
१४ जनवरी २०१८                                                                                                                                             १२ अप्रिल २०१८

आरएसआई
१४ जनवरी २०१८                                                                                                                                               १२ अप्रिल २०१८

मुभिङ एभरेज 
१४ जनवरी २०१८                                                                                                                                              १२ अप्रिल २०१८

  • मैनबत्ती विश्लेषणः बैंककोे ५७ दिनको कारोबार अवधिमा अन्तिम दिनमा सेतो मारोबोजु आकृती बनेको छ । यस आकृतीले बैंकको शेयर मूल्य आगामी दिनमा बढ्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः बैंकको ५७ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (५३ दशमलव ०६ स्केल)मा छ । यसले खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन २ दशमलव ४० विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः बैंकको ५७ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दामाथि छ । हालको मूल्य रू. २ सय २० देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महङ्गिएमा रू. २ सय २४ मा प्रतिरोध र सस्तिएमा रू. २ सय १७ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको