अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले बुटवल उपमहानगरपालिका– ११ रुपन्देही स्थित देविनगर एक्स्टेनसन काउण्टरलाई आइतबार अर्थात आजदेखि शाखामा स्तनोत्तर गरि कारोवार सुरु गरेका छ ।
२०६८ सालको फागुनदेखि संचालनमा आएको यस एक्स्टेनस काउन्टरलाई ग्राहकहरुको सुविधालाई मध्ये नजर गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखामा स्तनोत्तरी गरिएको हो ।
अब यस शाखाबाट ग्राहकहरुले सहज र सरलरुपमा पूर्ण बैंकिङ्ग सेवाप्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यससँगै बैंको शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस