अर्थ संसार, काठमाडौँ–मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गर्नुभयो ।
नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले आज मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप ९एयर ट्राफिक० व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताउनुभयो ।
उहाँले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्रि उडानको व्यवस्था मिलाइने उल्लेख गर्नुभयो । अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उहाँको भनाइ थियो ।
मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पुर्याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ । तर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको पछिल्लो विवरणअनुसार ८।२ को योगदान रहेको देखाएको छ ।
मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले संस्थागत स्मरणको कमजोरी तथा पर्यटकीय पूर्वाधारमा कम लगानीकै कारण अथाह सम्भावनाबीच पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको तर्क गर्नुभयो ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्वतीय पर्यटन नेपाली पर्यटनको आधार हो भन्दै नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा ९हाल आठ वटा० हिमाल छन् भन्ने विश्व पर्वतारोहण संघबाट अनुमोदनका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चीनबाट बढी पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक अभियान चलाइनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पदयात्रा र पर्वतीय पर्यटनलाई व्यवस्थित बनाई पूर्वाधारमा लगानी गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
परिषद्का अध्यक्ष वैकुण्ठनारायण प्रधानले नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत तथा व्यवस्थापकीय कार्य कसरी सरोकार भएका निकायबाट अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले आगामी रणनीति तय गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी संस्कृति र पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटनको विकास प्रवद्र्धनका लागि आगामी कार्ययोजनाबारे सुझाव दिनुभएको थियो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस