Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकद्वारा निःसहाय सहयोग परिषदलाई १ लाख सहयोग

सोमबार, १० बैशाख २०७५, १६ : ४९ मा प्रकाशित

जनता बैंकद्वारा निःसहाय सहयोग परिषदलाई १ लाख सहयोग

अर्थ संसार, काठमाडौं–  जनता बैंक नेपाल लिमिटेडको  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद धरानलाई  १ लाख हस्तान्तरण गरेको छ ।

  उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरणगर्नु भयो ।

धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ ।

यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमापनि सामाजिक कार्यहरु गर्दै जाने बैंकले जनाएको छ ।

बैंकको  शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको