Like us!
Follow us!
Connect us!
Watch us!

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

आइतबार, २३ बैशाख २०७५, १३ : ३० मा प्रकाशित

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

अर्थ संसार, इस्लामावाद– पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ ।

पाकिस्तानको दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तमा शनिबार दुईवटा कोइलाखानीमा छुट्टा छुट्टै विस्फोट भएको हो ।

पहिलो विस्फोट बलुचिस्तानको राजधानी क्वेटा नजिकै पर्ने पिर इस्मेल भन्ने ठाउँमा भएको समाचारमा जनाइएको छ ।

त्यस दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव निकालिएको छ । घटनास्थलमा प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणको टोलीले उद्धार तथा खोजी कार्यको नेतृत्व गरेको थियो ।

कम्तीमा पाँच जना मजदुर अझै पनि पुरिएकाले अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

राजधानी क्वेटा नजिकैको मार्गीतमा भएको अर्को छुट्टै कोइलाखानीमा ग्यास विस्फोट हुदा कम्तीमा दुई जना मारिएका छन् भने १३ जना घाइते भएका छन् ।

घटनामा परी अरु दर्जन भन्दा बढी हराईरहेकाले उनीहरुको खोजी तथा उद्धार कार्य भईरहेको अधिकारीहरुले बताएका छन् ।

घाइतेहरुलाई स्थानीय मार्गीत अस्पतालमा लगिएको छ भने घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेमध्ये चार जनालाई क्वेटामा रहेको सिभिल अस्पतालमा लगिएको छ ।

दुर्घटनामा पर्नेमा अधिकांश मजदुरहरु रहेका छन् । उनीहरु साङ्ला जिल्लाका नागरिक हुन् । रासस\सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको