Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो, एभरेस्ट बैंकको सेयरमा चाप

आइतबार, ०३ पुस २०७३, १६ : ०५ मा प्रकाशित

नेप्सेमा झिनो सुधार, कारोबार रकम भने बढ्यो, एभरेस्ट बैंकको सेयरमा चाप

अर्थ संसार

समान्य काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन सामान्य झिनो अंकले बढेको छ । यस दिन बजार १.२९ अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै बढेको छ । 

नेप्से बढे पनि विमा, होटल र अन्य समूहबाहेक अरु परिसूचक रातै भएका छन् । नेप्सेलाई उकास्न यिनै तीन समुहले सघाएका छन् । यस दिन नेप्से बढेर १५३१.३५ अंकमा बन्द भएको छ । आइतबार १३३ कम्पनीको ७ लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । त्यसबाट कारोबार रकम ६२ करोड २० लाख रुपैंया पुगेको छ । यो रकम अघिल्लो दिनको कारोबारको तुलनामा करिब १३ करोड बढी हो ।

यस दिन होटल ९.७७, बीमा ७२.९१ र अन्य २.९ अंकले हरिया भएका छन् । बाँकी बैंकिङ ०.९, विकास बैंक १.८१, जलविद्युत १३.३५, फाइनान्स ३.४ र उत्पादन २.३३ ले घटेका छन् ।

अगातारजस्तै एभरेस्ट बैंकको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । यसदिन सबैभन्दा धेरै कारोबार गर्ने यही बैंक भएको छ । उक्त बैकको १५ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ । उक्त बैंकको ९० प्रतिशत बोनस सेयर बुक गर्ने बुक क्लोज मिति नजिकिँदै जाँदा कारोबार रकम दिनहुँ अग्रस्थानमा रहँदै आएको छ । 

यसपछि नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड भन्दा बढीको संस्थापक सेयर किनबेच भएको छ । त्यसै गरी बिओकेएल र सिद्धार्थ बैंकको सेयरको पनि २ करोडभन्दा बढीको कारोबार भएको छ।

सामान्य बढेको बजारमा समेत दुई कम्पनीक सेयरधनीले सर्किट ब्रेकर लाग्ने गरी कमाएका छन् । यसरी कमाउनेमा अल्पाइन डेभलपमेन्ट र एनबी इन्स्योरेन्स छन् । यसपछि सप्तकोशी डेभलपमेन्ट, रिलायबल माइक्रो, नागवेली लघुवित्त, यती डेभलपमेन्टलगायतका कम्पनी धेरै कमाउनेमा सूचीमा परेका छन् ।

यस दिन प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सर्किट ब्रेक लाग्ने गरी गुमाएका छन् । यसपछि धेरै गुमाउनेमा ओमी माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, कर्णाली डेभलपमेन्टलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर​

रुरल माइक्रोफाइनान्सको लाभांस बुक गर्ने अन्तिम दिन पुस ११ सम्म

भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको