Like us!
Follow us!
Connect us!
Watch us!

निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् - निर्वाचन आयोग

अर्थ संसार

बुधबार, २० फागुन २०८२, १५ : ५८ मा प्रकाशित

निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् - निर्वाचन आयोग

निर्वाचन आयोगले भोलि सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई मतदान प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मतदान गराइने स्पष्ट पार्दै मतदाताले निर्भय र निर्वाध रूपमा मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। मतदान भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने पनि उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको