Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकप : आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

अर्थ संसार

बुधबार, २० फागुन २०८२, १६ : ५० मा प्रकाशित

टी-२० विश्वकप : आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेल आज हुँदैछ। उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली र न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुन लागेका हुन्।

खेल भारतको कोलकातास्थित इडेन गार्डेन मा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। सुपर-८ अन्तर्गत समूह ‘ए’ को विजेताका रूपमा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो। उसले सुपर-८ चरणमा जिम्बाब्वेलाई ५ विकेट, वेस्ट इन्डिजलाई ९ विकेट तथा भारतलाई ७६ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो।

यता, न्युजिल्याण्ड पनि सन्तुलित प्रदर्शनका आधारमा अन्तिम चारमा पुगेको हो। जारी विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। दुवै टोली दोस्रोपटक टी-२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्। दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ, जहाँ साविक विजेता भारत र इङ्ल्याण्ड आमनेसामने हुनेछन्। फाइनल खेल आगामी आइतबार तय गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको