Like us!
Follow us!
Connect us!
Watch us!

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

मंगलबार, २५ बैशाख २०७५, ०८ : १५ मा प्रकाशित

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

अर्थ संसार, साना– यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ ।

यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।

स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।

“हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वार तर्फ काम गरिरहेका थियौं, पहिला सादा आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,” कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भन्नुभयो । उहाँले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताउनुभयो ।

यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको