Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

बुधबार, ०६ पुस २०७३, १० : १५ मा प्रकाशित

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता


अर्थ संसार
काठमाडौं–नेपाल क्रेडिट एण्ड कर्मस बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम नेपाल क्रेडिट एण्ड कर्मस बैंकका सबै शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । यसका साथै बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्यसमेत हुने सम्झौतामा छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत  रमेशराज अर्याल र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३ हजार ८ सयभन्दा बढि प्रतिनीधी छन् ।

बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको