Like us!
Follow us!
Connect us!
Watch us!

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

बुधबार, ०६ पुस २०७३, १० : ५१ मा प्रकाशित

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

अर्थसंसार
काठमाडौँ– के तपाईंलाई अफिसको लागि स्पेस चाहिएको छ ? केहि समय अथवा लामो समयका लागि काठमाडौँमा अफिस राख्ने सोचमा हुनुहुन्छ ? होहल्लाबाट टाढा बसेर शान्त ठाउँमा बसेर काम गर्न चाहानुहुन्छ ?

आउनुस् काठमाडौंमा छोटो समयका लागि सम्पूर्ण सुविधासहितको अफिस स्पेस भाडामा उपलब्ध हुन थालेको छ । मात्र एउटा ल्यापटप लिएर आउनुस्, अनि मज्जाले अफिसमा बसेर काम गर्नुहोस् । लामो समयदेखि विश्वका १२० देशमा यस्तो सुविधा दिँदै आईरहेको रिजसले नेपालमा आफ्नो शाखा स्थापना गरेर अफिस भाडामा दिन थालेको म्यानेजर राहुल साहले जानकारी दिए ।

रिजस एक मल्टिनेसनल कम्पनी हो । यसको कार्यालय काठमाडौँको थापाथलीस्थित टे«ड टावरको भूइँतल्लामा छ ।  घरधनीले आफ्नो घर भाडामा दिएजस्तै यसले सम्पूर्ण सुविधासहित अफिस भाडामा दिनेगर्छ । ‘हामी रिसेप्सनदेखि हाउस किपिङको सुविधासहित पानी, बिजुली, सेक्रेटरी, प्रिन्ट, फोटोकपी, लक्जरी होटललगायतका सबै सुविधा उपलब्ध गराउछौं,’ उनले भने । बिहानदेखि बेलुकीसम्म आफूले चाहेअनुसार अफिस भाडामा लिएर सानो, ठूलो सबै काम गर्न सकिन्छ ।
कम्पनीले १० करोड लगानी गरेर नेपालमा शाखा खोलेको हो । यस कम्पनीले एकै समय ३० वटासम्म सानो, ठूलो कार्यालय उपलब्ध गराउन सक्ने साहले बताए ।

विशेषगरी यस कम्पनीमा प्राइभेट लगानीकर्ता, इन्टरप्रिनियर, उद्यमी, विदेशी दाताको प्रोजेक्ट आदिको अफिस बुकिङ हुन्छ । छिटै यस कम्पनीले काठमाडौँमा अर्को शाखा बिस्तार गर्ने साहले बता । यस कम्पनीले सेवा दिएबापत स्पेस हेरेर न्युनतम एक दिनको ५ सय ५२ रुपैयाँ लिन्छ । यस सहिसावले कम्तीमा मासिक १५ हजार ९ सय ६० रुपैयाँ तिरेर कार्यालय भाडामा पाइन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको