Like us!
Follow us!
Connect us!
Watch us!
नेपाली जुत्ता लगाउन हुन्न भन्नेदेखि लगाउनुपर्छ भन्नेसम्म आएका छन् मेलामा

जुत्ताचप्पल मेला सुरु

बुधबार, ०६ पुस २०७३, ११ : ०८ मा प्रकाशित

जुत्ताचप्पल मेला सुरु


अर्थ संसार
काठमाडौं–फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले हरेक बर्ष आयोजना गर्ने जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

‘आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग’ भन्ने नाराका साथ सुरु भएको मेला पुस ११ गतेसम्म जारी रहने छ । मेलामा सुरुको दिन भएकाले मंगलबार खासै मानिसहरुको भिड थिएन । केही स्टलहरु पूर्ण रुपमा तयार भएका थिए भने केही व्यापारी आफ्नो सामान मिलाउनै ब्यस्त थिए । विगत १३ वर्षदेखि हरेक वर्ष लाग्दै आइरहेको मेलामा करिव १ सय २५ स्टल छन् ।

सबै मानिसको रोजाई एउटै हुँदैन । कसैलाई साधारण वस्तु लगाउत मनपर्छ त कसैलाई झकिझकाउ भएर हिँड्न । विभिन्न रोजाई भएकाले सबैको चित्त बुझाउन कठिन हुन्छ भन्दै थिए व्यापारी शुसिल रायमाझी । उनी विगत ३२ वर्षदेखि जुत्ताको व्यापार गर्दै आएका छन् । पहिलेको बजार सानो भएको तर आजकल उत्पादनमा प्रतिस्पर्धा भएकोले  व्यापार गर्न कठिन भएको उनी बताउँछन् ।

जुत्ता नेपालमा बने पनि बनाउन प्रयोग हुने सामान विदेशबाट आयात हुने गर्छ ।  राज्यले भन्सारमा केही सहुलित दिए नेपाली वस्तु अझै सस्तो मुल्यमा उपलब्ध गराउन सक्ने अर्का व्यापारी सुविन श्रेष्ठ बताउँछन् ।
 
कम्पिनीले दिने मूल्यमा सामान बेच्ने भएकाले आफूहरु केबल मार्केटिङका लागि मात्र स्टल राखेर बसेको बताउँदै थिए व्यापारी आयुस श्रेष्ठ । विगतको अनुभवका अनुसार ७ दिनमा करिब १० लाखको व्यापार हुने अनुुमान छ । विभिन्न ठाउँबाट आएका ग्राहकमध्य कोही मेला हेर्ने मात्र आएका थिए भने कोही किनमेल गर्न ।

मेलाको अवलोकन गर्ने आएका पुष्कर शर्माले जुत्ताको दाम सोध्दै आफूले लगाएको जुत्ता ५ सयमा किनेको बताए । उनले नेपाली जुत्ता महङ्गो भएको दावी गरे ।आफ्नो कलेजका लागि जुत्ता किनेर फर्किएकी सुनिता बरालले नेपाली जुत्ता धेरै टिक्ने भएकाले आफू सधै जुत्ता चप्पल मेलामै किन्ने गरेको बताइन् ।

भर्खर मेलामा छिर्दै गरेका समिर आलेले विदेशी ब्यान्डको तुलानामा नेपाली व्य्रान्डको डिजाईन कम रहेकाले अहिलेसम्म आफूले विदेशी जुत्ता नै प्रयोग गर्ने बताए । नेपाली व्य्रान्डको नयाँ जुत्ता अवलोकन गर्ने र मन परे किन्नको लागि उनी मेलामा आएका हुन् । विगतका वर्षहरुमा पनि उनी मेलामा आउने गर्थे तर जुत्ता भने विदेशी ब्रान्डकै लगाउन मन पराउँथे ।

मेला हेर्नकै लागि आएका एक जना ७५ बर्षे वृदाले आफ्नो पालामा खाली खुट्टा हिँडेको कथन सुनाउनै थिए । आफ्नो नातीका लागि जुत्ता दिन उनी मेलामा आएकी हुन् । 

यो पनि पढ्नुहोस्

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको