Like us!
Follow us!
Connect us!
Watch us!

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार मराणोपरान्त न्यौपाने र बोहरालाई

बुधबार, ०६ पुस २०७३, १२ : १७ मा प्रकाशित

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार मराणोपरान्त न्यौपाने र बोहरालाई

अर्थ संसार
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख रुपैयाँ राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका धर्मपत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई संयुक्त रुपमा हस्तान्तरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो ब्यावसायिक निष्ठा, प्रतिवद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकलाई धन्यवाद दिइन् । उनले दुवै पत्रकारका शोकसन्तब्ध परिवारजनमा हार्दिक समवेदना प्रकट गरिन् । राष्ट्रपति भण्डारीले नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखिन् ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापना पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले कठोर जीवन विताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनु परेकामा दुख लागेको बताउँदै दिवंगत पत्रकारको योगदानको उच्च मूल्याँकन गरेकोमा काउन्सिलप्रति आभार प्रकट गरे ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसै बर्ष दुई होनाहार पत्रकार गुमाउनु पर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपूरणीय क्षतिप्रति प्रेस काउन्सिल मर्माहत भएको बताउदै उहाँहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको बताए । शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै असल पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारहरुलाई निरन्तर पुरस्कृत गर्दै आएको धारणा उनले राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको बताए । यसप्रकारको पुरस्कारले नेपाली मिडियालाई प्रोत्साहन हुने धारणा व्यक्त गरे ।

सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ्ग, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखको रुपमा कार्यरत थिए । त्यसपछि उनले आर्थिक क्षेत्रको पहिलो ब्रोडसिट कारोबार दैनिकमा सम्पादकको भूमिका निर्वाह गरे । राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसीप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज ९सेजन० को उपाध्यक्ष र नेपाल पत्रकार महासघंको केन्द्रिय पार्षद थिए । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्क सम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उनको २०७३ कार्तिक २० गते निधन भएको थियो ।

यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेलधुरा सवांददाताको रुपमा पत्रकारिता शुरु गरेका कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोष्ट र राष्ट्रियतहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायतका सञ्चार माध्यममा आवद्घ भएका थिए ।

पछिल्लो समयमा उनी महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रशारित न्यूज–२४ टिभीको सुदुर–पश्चिम ब्यूरो प्रमुखका रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासघं कञ्चनपुरको अध्यक्ष समेत रहेका बोहरा बिभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिय थिए । मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहरा दुबै मृगौला खराब भई उपचार गराइ रहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मसिंर १० गते काठमाडौंमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको