Like us!
Follow us!
Connect us!
Watch us!

८ लाख पटक हेरियो शंकर थापा स्माइलको ‘फास्ट फास्ट’ गित ट्रेन्डिङमा (भिडियोसहित)

आइतबार, ०६ जेठ २०७५, १६ : ५८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– पछिल्लो समय सांगातिक बजारमा एकपछि अर्को लगातार रमाइला अनि नृत्यपरक फरक शैलीका स्वाद मिसेर गित सँगित पस्किन माहिर सांगितिक टिम “डश म्युजिक “र चाम्लिङ ईन्टरटेइन्टमेन्ट्ले फेरि पनि “फास्ट–फास्ट” (कल्पना) बोलको रमाईलो अनि दमदार डान्सिङ गितको म्युजिक भिडियो यूट्युमा लगातार केही अघिदेखि ट्रेन्डिङमा रहेको छ ।

दिनप्रतिदिन यो बोलको गित युवापुस्ताको रोजाईमा पर्न थालेपछि ट्रेन्डिङमा पर्न सफल भएको हो । गायक शंकर थापा स्माईल र गायिका सुमि चाम्लिङ राईको स्वर भरिएको यो गितमा यूवा गितकार डि.पी खनालको शब्द रचना रहेको छ । त्यसैगरी  प्रतिभासाली संगितकार शंकर थापा स्माईलको संगित र चर्चित संगित संयोजक उदयराज पौडेलको संयोजन रहेको छ ।

अहिलेको चर्चित नायिका प्रियंका कार्की र भारतिय टेलिभिजन सो डिआईडी बाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा उनको डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको भिडियोलाई अनिल कुमार मानन्धर ले खिचेका छन् भने भिडियोलाई सम्पादन बिकाश ज्ञवालीले गरेका छन्। सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यश गितको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रस्तुत गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको