Like us!
Follow us!
Connect us!
Watch us!

२० अर्ब चुक्ता पूँजीको ठूलो बैंक खुल्दै, सर्वसाधारणले पनि सेयर लगानी गर्न पाउने

सोमबार, ०७ जेठ २०७५, ११ : १३ मा प्रकाशित

२० अर्ब चुक्ता पूँजीको ठूलो बैंक खुल्दै, सर्वसाधारणले पनि सेयर लगानी गर्न पाउने

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २० अर्ब चुक्ता पूँजी भएको नेपाल पूर्वाधार विकास बैंक स्थापनाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

सो बैंकमा संस्थापक सञ्चालनको ६० प्रतिशत र सर्वसाधारण नागरिकको ४० प्रतिशत शेयर रहने व्यवस्था रहेको छ ।संस्थापक सेयरधनीहरुको भागमा रहेको पुँजीको ४५ प्रतिशत रकम जम्मा गरेपछि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

बैंकमा  संस्थापकमध्ये सरकारको १० प्रतिशत हिस्सा छ । सो रकम नेपाल राष्ट्र बैंकलले  तोकिएका वाणिज्य बैंकमा जम्मा गरिएको छ ।बैंक  सञ्चालन स्वीकृतिका लागि आवश्यक पूर्वाधार निर्माण गरेर ६ महिनाभित्र आवेदन दिनुपर्ने छ ।

जति छिटो आवश्यक पूर्वाधार निर्माण गरेर केन्द्रीय बैङ्कमा निवेदन दिइन्छ त्यति नै छिटो केन्द्रीय बैङ्कले अध्ययन गरेर सञ्चालन स्वीकृति दिइनेछ केन्द्रीय बैंकका एक अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकबाट कारोबार गर्ने स्वीकृति नलिई कुनै पनि वित्तीय करोबार गर्न पाइँदैन । अब कम्पनीले जम्मा गरेको ४५ प्रतिशत रकमबाट आर्जित ब्याज केन्द्रीय बैंकको स्वीकृति लिएर प्रशासनिक खर्च गर्न पाउनेछ ।

चालू आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा न्यूनतम रु २० अर्ब को पूर्वाधार विकास बैंक स्थापना गर्ने गरी गरिएको नीतिगत व्यवस्था कार्यान्वयनमा आएको हो ।

बैंकले कर्मचारी सञ्चय कोष र बिमा कम्पनीहरुको दीर्घकालीन निक्षेप लिन पाउनेछ । त्यसैगरी उसले स्रोतका रुपमा स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, ऋणपत्र विक्री गर्ने, लिजिङ कारोबार गर्ने लगायतका काम गर्ने अख्तियारी समेत दिइएको छ ।पूर्वाधार क्षेत्रमा लगानी गर्ने र अन्य वित्तीय संस्थासँग सहकार्य गरेर समेत लगानी गर्न पाउने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको