दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा (AGM) एकैपटक गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ दुवैको साधारण सभा आगामी जेठ २२ गते गर्ने निर्णय गरेको हो।
कम्पनीले साधारण सभा काठमाडौंको पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान ११:३० बजे आयोजना गर्ने जनाएको छ।
हकप्रद सेयरमार्फत पूँजी वृद्धिको तयारी
कम्पनीले यो सभामार्फत शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव ल्याउने तयारी गरेको छ। यस प्रस्तावलाई कार्यान्वयन गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव समेत सोही सभाबाट पारित गरिनेछ।
दुई वर्षका वित्तीय विवरण अनुमोदन गरिने
सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण प्रस्तुत गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पारित गरिनेछ।
सञ्चालक नियुक्ति र बुक क्लोज मिति तय
हाल रिक्त रहेको सञ्चालक पदमा नियुक्त हुने प्रस्ताव र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि सभामा अनुमोदन गरिनेछ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुने अधिकार प्राप्त गर्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस