Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ८ अर्ब माथि

अर्थ संसार

बुधबार, ३१ बैशाख २०८२, १४ : ०० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ८ अर्ब माथि

आज पनि सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

पछिल्लो समयमा गभर्नर नियुक्तिको बिषयमा नयाँ नयाँ ट्विष्ट आएकाले सेयर लगानीकर्ताको मनोबल खस्किएको हो । 

आगामी आर्थिक वर्षको बजेटसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । जेठ १५ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको सरकारले आफ्नो नीति तथा कार्यक्रम एंवम बजेटका प्राथमिकता र सिद्धान्त समेत सार्वजनिक गरिसकेको छ । यसप्रति पनि लगानीकर्ता खासै आशावादी बनेका छैनन् । 

आज सेयर बजार नेप्से परिसूचक १३.८४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ८.६४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमाका लगानीकर्ताले ६.१६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको