अमेरिका र चीनबीचको ट्यारिफ सम्झौतापछि अमेरिकी सेयर बजारमा जबरजस्त सुधार देखिएको छ। यसका कारण टेस्लाका इलन मस्क, अमेजनका जेफ बेजोस र मेटाका मार्क जुकरबर्गको सम्पत्ति एकैदिनमा ३० अर्ब डलरभन्दा बढीले वृद्धि भएको छ।
फोर्ब्सको रिपोर्टअनुसार, टेस्लाको सेयर मूल्य उकालो लागेपछि मस्कको सम्पत्तिमा मात्र ११ अर्ब डलरको वृद्धि भएको छ। अमेजनका संस्थापक बेजोसले १३ अर्ब डलर, र मेटा (फेसबुक) का प्रमुख जुकरबर्गले १२ अर्ब डलर बराबरको धनवृद्धि अनुभव गरेका छन्।
अमेरिका र चीनबीचको तीन दिन लामो व्यापार वार्तापछि दुबै पक्षले ट्यारिफ कम गर्ने निर्णय गरेपछि लगानीकर्तामा आशावाद फैलिएको हो।
चीनले हालको १२५% ट्यारिफ घटाएर १०% मा ल्याउने प्रस्ताव गरेको छ।
अमेरिकाले पनि १४५% बाट ३०% मा ट्यारिफ झार्ने सहमति जनाएको छ।
यस सहमतिलाई विश्व बजारमा भू-राजनीतिक तनाव घटाउने पहिलो कदमका रूपमा लिइएको छ।
Dow Jones: २.६% ले बढेर 42,320.96 अंकमा पुग्यो
S&P 500: ३.०४% ले बढेर 5,832.40 अंकमा
Nasdaq Composite: ४.१८% को तीव्र वृद्धि, 18,680.40 अंकमा
Amazon (AMZN): ८.०३% को वृद्धिसँगै $2.214 ट्रिलियन
Meta (META): ७.७३% वृद्धिसँगै $1.604 ट्रिलियन
Tesla (TSLA): ६.८६% वृद्धि, $1.026 ट्रिलियन पुग्यो।
विश्लेषकहरूका अनुसार, अमेरिका–चीनबीचको ट्यारिफ शान्ति वार्ताले केवल ठूला प्रविधि कम्पनीहरू मात्र होइन, विश्वव्यापी लगानी वातावरणमै सकारात्मक संकेत दिएको छ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औषधि मूल्य ५९% ले घटाउने निर्णयसँगै आएको हो, जसले बजारमा झनै उर्जा थपेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस