Like us!
Follow us!
Connect us!
Watch us!

साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर सिफारिस समितिले पाउँला पूर्णता ?

अर्थ संसार

बुधबार, ३१ बैशाख २०८२, १५ : २२ मा प्रकाशित

साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर सिफारिस समितिले पाउँला पूर्णता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले  साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

यसअघि राति आठ बजे बस्ने गरी बोलाइएको बैठक ६ बजेका लागि सारिएको हो । 

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमै लगानी बाेर्डकाे बैठक पनि आह्वान भएकाे छ आजको सिंहदरबारमा बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ। 

समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।  प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमति भइसकेको छ। पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको