अर्थ संसार, काठमाडौँ –सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको एक जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भएको छ ।
चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले ४० मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको सो आयोजनाम चिनियाँ लगानी रहने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजना आगामी दुई वर्षभित्र सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कम्पनीका अध्यक्ष कमानसिंह लामाले शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि कूल ४० मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
४० मेगावाट जलविद्युत् उत्पादनका लागि रु नौ अर्ब ४० करोड लाग्ने अध्यक्ष लामाको भनाइ छ ।
याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको जानकारी दिइयो ।
जलविद्युत् उत्पादन भएको विद्युत् गृहबाट ३३ केबी प्रसारण लाइनमार्फत छ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित सवस्टेशनमा लगेर जोड्ने योजना रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस