Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंक र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

विहीबार, ०७ पुस २०७३, १७ : ०५ मा प्रकाशित

सेञ्चुरी बैंक र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसार
काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकं र बुम रेमिट्यान्सबीच विप्रेषण भुक्तानी सम्झौता भएको छ ।सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कमर्सियल बैंकका सबै शाखामार्फत भुक्तानी हुनेछ ।

सम्झौतापत्रमा सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट पमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटाभन्दा बढी प्रतिनिधिहरु छन् ।

बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रिलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको