Like us!
Follow us!
Connect us!
Watch us!
१४.६१ अंकले घटेको बजारमा ३४ करोडको कारोबार

बजेटको असर परेन सेयर बजारमा

विहीबार, १७ जेठ २०७५, १५ : ४५ मा प्रकाशित

बजेटको असर परेन सेयर बजारमा

बिहीबार घट्ने र बढ्ने समूह

अर्थ संसार, काठमाडौं– सरकारले हालसालै प्रस्तुत गरेको बजेटले पुँजीबजारमा कुनै असर गरेको छैन । बजेट मार्फत सरकाले सेयर कारोबार गर्दा मूल्यय अभिवृद्धि कर (भ्याट ) नलाग्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थासँगै सेयर बजारमा करिब डेढ वर्षदेखि चल्दैआएको भ्याटबारको विवाद अन्त्य भएको छ ।  सरकारले सेयर बजारलाई वित्तीय क्षेत्र भित्रै समावेश गरी भ्याट नलाग्ने  व्यवस्था गरकोमा धितोपत्र व्यवसायीहरूको संगठन स्टक ब्रोकर्स एसोसिएसनले स्वागत गरिरहेका छन् ।

तर, यता पुँजी बजार घट्ने क्रम भने रोकिएको छैन् । साताको अन्तिम दिन बिहीबार भने बजार १४.६१ अंकले घटेको छ ।

जम्मा १६५ वटा कम्पनीको ७ लाख ८ हजार १४७ कित्ता सेयर खरिदविक्री हुँदा ३४ करोड ५९ लाख १४ हजार ५०५ रुपैयौको कारोबार भएको छ । कारोबार भएको ९ समूह ओरालो लग्दा नेप्से  १३०७.६८ विन्दुमा आइपुगेको छ ।  क वर्गको सेम्सेटिभ परिसूचक समेत २.९३ अंकले घटेको छ ।  

धितोपत्र दलाल सेवामा विगतमा लागेको मूल्य अभिवृद्धि कर र सम्बन्धित कार्यालयबाट कर निर्धारण भई तिर्न बाँकी रहेको मूल्य अभिवृद्धि कर र सोमा लागेकोजरिवाना, थप दस्तुर र व्याज समेत मिनाहा  भएको छ । सरकारले पुँजी बजारमा राहत हुने खालका योजना ल्याउपनि यसको प्रभाव सेयर बजारमा पर्न सकेको छैन ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको