Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको ३ लाख ६४ हजार कित्ता सेयर लिलामीमा खुल्दै

शुक्रबार, १८ जेठ २०७५, ११ : ४४ मा प्रकाशित

लुम्बिनी विकास बैंकको ३ लाख ६४ हजार कित्ता सेयर लिलामीमा खुल्दै

अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । संस्थापक ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर जेठ २५ गतेदेखि लिलामीमा ल्याउने भएको हो ।

बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म पनि ३ लाख ७९ हजार ८३६ कित्ता संस्थापक सेयर लिलामी गरेको थियो । तर,त्यस अवधिमा संस्थापक समूहबाट सबै सेयरका लागि आवेदन नपरेपछि फेरि लिलामी गर्न लागेको बैंकले जनाएको छ । बैंकका अनुसार  जेठ २५ गतेदेखि असार ८ गतेसम्म  विक्री खुल्ला हुने संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।

लगानीकर्तालाई सहज र मुख्य केन्द्रलाई मध्य नजर गर्दै  भिबोर कयापिटलले केही महिना अघिदेखि ट्रेड टावार थापाथली, नेपालको  चौथो तल्लामा कार्यालय राखी सेवा दईरहेको छ ।

थप जानकारीको लागि

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको