अर्थ संसार, काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको लिलामी सेयर भर्नु भयो ? लगानी गर्ने इच्छा भए नजिकको आस्वा सेवा सुविधा भएको बैंकबाट आजै आवेदन दिनुहोस् । किन कि आज अन्ति दिन हो ।
कम्पनीले जेठ १३ देखि सर्वसाधारण समूहको १९ हजार ६८२ कित्ता र संस्थापक तर्फको ८ हजार ४०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कति आवेदन दिने ?
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कहाँबाट आवेदन दिने ?
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, जमल काठमाडौं तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिकाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।
यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौंडा, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकबाट पनि लिलामी भर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस