अथ संसार, काठमाडौं– लगानीकर्ताको आन्दोलनको कारण मंगलबारदेखि बन्द भएको सेयर बजार आज अपरान्ह १ : ९ बजेदेखि संचालनमा आएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार सुरु भएको संकेत आए लगत्तै लगानी कर्ता कारोबारमा सहभागि भएका छन ।
सरकाले हकप र बोनस सेयरमा थप पुँजीगत लाभकर लाग्ने निर्णय गरेपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरु मंगलबार १ कित्ता पनि सेयर कारोबार गरेनन् । आ
ज विहान ११ बजे बजार खुलेपनि सेयर कारोबार नभएपछि सरकारलाई दवाव परेको थियो । सोही दवावका कारण अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र लेख्दै पुरानै व्यवस्था अनुसार लाभकर लिन निर्देशन दियो ।
सो निर्देशन सार्वजनिक भएलगत्तै बजारमा कारोबार सुरु भएको हो । यो समाचार तयार पार्दासम्म स्टकमा कुल १०६ कम्पनीको २२ हजार ९९५ कित्ता सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस