Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प -किम भेटवार्ताको अर्थ

मंगलबार, २९ जेठ २०७५, १२ : १४ मा प्रकाशित

ट्रम्प -किम भेटवार्ताको अर्थ

अर्थ संसार, काठमाडौं– सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको शिखर वार्ता सफल भएमा त्यसको श्रेय ट्रम्प आफैँले लिन सक्छन्।

ट्रम्पले आर्थिक प्रतिबन्धहरू लगाउँदै उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिँदै निरन्तर दबाब दिएका थिए।

वार्ताको परिणाम जस्तो आए पनि ट्रम्पले यस्तै विषयहरू अघि सार्ने विश्लेषणहरू भइरहेका छ्न्।

किमका लागि चाहिँ अमेरिकी राष्ट्रपतिसँग एउटै मञ्चमा सँगै देखिनु नै एक प्रकारको विजय हो।

त्यस्तो अवसर न उनका बुवालाई प्राप्त भएको थियो न हजुरबुवालाई नै।वर्षौँ अघिसम्म उत्तर कोरियालाई एउटा अनौठो खालको देशका रूपमा हेर्ने गरिन्थ्यो।

तर अहिले त्यहाँका नेता किमलाई विश्व नेताका रूपमा चित्रित गर्न थालिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको