अर्थ संसार, काठमाडौं - लामो समयमा लगानीकर्ताको पर्खाइमा रहेको अनलाइन कारोबार प्रणाली आजदेखि परिक्षण शुरू गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन कारोबार प्रणालीको परिक्षण गर्न लागेको हो । पहिलो चरणमा ५ ओटा ब्रोकर कम्पनीबाट परीक्षण हुन लागेको हो ।
नेप्सेका वरिष्ठ सूचना प्रविधि (आईटी) अधिकृत निरञ्जनसिंह नायकका अनुसार सेयर ब्रोकर संघसँग समेत छलफल गरेर सीमित ब्रोकरमार्फत सो परीक्षण शुरू गर्ने निर्णय भएको हो । अधिकृत नायकका भने-‘ब्रोकर संघकोको सुझावअनुसार नै प्रणाली परीक्षणका लागि सेक्युर्ड सेक्युरिटिज (३६), त्रिशक्ति सेक्युरिटिज (४८), एबीसी सेक्युरिटिज (१७), लिञ्च स्टक मार्केट (४१) र मल्ल एण्ड मल्ल (११) लाई छनोट गरिको ।’
लामो समयदेखि अनलाइन प्रणालीको तयारीमा जुटेको नेप्सेले उक्त प्रणालीमा आवश्यक पर्ने १६ ओटै मोडल बनाउने प्रक्रिया पूरा गरेपछि परीक्षण कार्य अघि बढाएको हो । जेठ मसान्तसम्म सबै तयारी पूरा गरी परीक्षण सुरु गर्ने यसअघिको प्रतिबद्धताअनुसार पूरा गर्न सफल नेप्सेको दाबी छ ।
प्रणाली परीक्षणका क्रममा प्राप्त सुझाव, प्रतिक्रियाका आधारमा प्रणालीमा भएका त्रुटि सच्याउन सकिने नायक बताउँछन् । उनले भने, ‘अहिले नेप्सेले ५ ओटा ब्रोकरलाई सर्भर उपलब्ध गराएपछि उनीहरूले आफ्नै लगानीमा सर्भर तथा हार्डवेयरको व्यवस्था गर्नुपर्ने छ ।’
प्रणालीका कमी कमजोरी बुझ्न पनि संघले तत्काल केही ब्रोकरबाट परीक्षण गर्न सुझाव दिएको संघले जनाएको छ । मोक ट्रेडिङ नामको अनलाइन प्रणालीमा अर्डर म्याचिङ इञ्जिन, एक्सचेञ्ज सर्भर तथा ब्रोकर सर्भरबीचको नेटवर्क ९सञ्जाल०मा कारोबार र सदस्य दलालको सुपरिवेक्षण गर्न सक्ने प्रविधि रहने नेप्सेको भनाइ छ ।
नेप्सेले अनलाइन प्रणालीको परीक्षण ब्रोकर कम्पनीबाहेक विशेषज्ञ कम्पनीबाट समेत गर्ने भएको छ । प्रणालीको युजर एसेप्टेन्स टेष्ट यूएटी) का लागि विशेषज्ञ कम्पनी छनोट गर्न नेप्सेले बोलपत्र आह्वान गरिसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । प्रणाली निर्माणमा सहभागी भारतको कम्पनी वाईको र नेप्सेबाहेक तेस्रोे पक्षबाट परीक्षण गर्न यस्तो कदम चालिएको हो ।
अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै दोस्रो बजारमा सेयर किनबेचका लागि लगानीकर्ता ब्रोकरसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस