Like us!
Follow us!
Connect us!
Watch us!

यी ७ कम्पनीले कमाए

शुक्रबार, ०१ असार २०७५, ०५ : ५४ मा प्रकाशित

यी ७ कम्पनीले कमाए

अर्थ संसार, काठमाडौं–  लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । कारोबार भएको ९ वटा समूहमध्ये ८ वटा समूह उकालो लागेको छ ।

आजको कारोबारलाई हेर्दा विस्तारै बजारले गति लिन थालेको देखिन्छ । बजार ५ अंकले बढ्दा ३१ करोड बढीको कारोबार भएको छ ।

आज कमाउने ७ कम्पनीहरु यस प्रकारको छ  

१, उन्नति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

यस कम्पनीका लगानीकर्ताले आज प्रतिकित्ता १८८ रुपैयाँ कमाउन सफल भएका छन् । ९.९९ प्रतिशतले बढेको यस कम्पनीको सेयर बढेर प्रतिकित्ता १८८१ रुपैयाँ पुगेको छ ।

२,  राधि विद्युत कम्पनी लिमिटेड

यस कम्पनीको सेयर प्रतिकित्ता आज २६ रुपैयाँले बढेको छ । ९.८५ प्रतिशतले बढेको यस कम्पनीको सेयरको मूल्य २६४ रुपैयाँ पुगेको छ ।

३, नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड

आज यस कम्पनीका सेयरधनीले पनि प्रतिकित्ता १९ रुपैयाँ कमाएका छन् । ९.६ प्रतिशतले बढेको यस कम्पनीको सेयर मूल्य आज १९६ रुपैयाँ पुगेको छ ।

४, किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

यस कम्प्नीमा आज लगानीकर्ताहरु झुमेको देखिन्छ । जसको कारण  आज प्रतिकित्ता १४५ रुपैयाँ बढेर सेयर मूल्य १६३५ रुपैयाँमा पुगेको छ ।  आज ८.८७ प्रतिशतले बढेको छ ।

५, ङादी ग्रुप पावर लिमिटेड

यस कम्पनीको सेयरमा आज १५ रुपैयाँ बढेको  प्रतिकित्ता १७० रुपैयाँमा पुगेको छ । आज यस कम्पनीका सेयरधनीले आफ्नो आम्दानी ८.८२ प्रतिशतले बढाएका छन् ।

६, समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

यस कम्पनीको सेयर प्रतिकित्ता १२२ रुपैयाँ बढेर १५०१ रुपैयाँमा पुगेका छ । ८.१३ प्रतिशतले बढेको यस कम्पनीको सेयर केही दिनअघि देखि लगानीकर्ताको रोजाइमा पर्दै आइरको छ ।

७,  अपि पावर कम्प्नी लिमिटेड

यस जलविद्युत कम्पनीका सेयरधनीले आज आफ्नो आम्दानी ७.७७ प्रतिशतले बढाएका छन् । प्रतिकित्ता २३ रुपैयाँले बढेको यस कम्पनीको सेयर मूल्य ३१९ रुपैयाँ पुगेको छ । यस कम्पनीले आफ्ना सेयरधनीलाई १ः२ को अनुपातमा हकप्रद सेयर दिने तयारी गरिरहेको छ । जसको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

5b2245d33426e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको